काठमाडौं, वैशाख २० । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले सरकारले विना विकल्प सुकुम्बासी बस्तीमा डोजर चलाएको भन्दै कटाक्ष गरेका छन् । सामाजिक संजालमार्फत बास्कोटाले सुकुम्बासीको छोरोबाहेक सबको घरमा डोजर चलाउन भन्दै सरकारलाई कटाक्ष गरेका हुन् ।
रास्वपाका सांसद केपी खनालको घर ऐलानी जग्गामा बनेको खबर सार्वजनिक भएपछि खनालले आफ्नो अरुको जस्तो नभएको भन्दै प्रतिरक्षा गरेका थिए । अब सरकारले खनालको घरमा डोजर चलाउँछ कि चलाउँदैन त भन्ने प्रश्न पनि आममानिसले उठाएका छन् । यसै सन्दर्भमा बास्कोटाले सरकारलाई कटाक्ष गरेका हुन् ।
उनले भनेका छन्, ‘सुकुम्बासीको छोरो बाहेक सबको घरमा डोजर चलाउ सरकार–जनता तिम्रो साथ छ ! अव्यवस्थित बस्तीमा आगो लगाउ सरकार– जय गान गाउन जनता तयार छ ! अध्यादेशको थुप्रो लाउ–विपक्षीको सातो उडाउ ! मेरो माग है हजुर । अरु केही मागिएन।’




प्रतिक्रिया