काठमाडौं, वैशाख २० । आइतवार दिउँसो परेको पानीसँगै आएको शक्तिशाली हावाहुरीले जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको छ। हावाहुरीका कारण शैक्षिक संस्था, सरकारी कार्यालय तथा सर्वसाधारणका घरहरूमा नोक्सानी भएको हो।
आइतवार दिउँसो परेको पानीसँगै आएको शक्तिशाली हावाहुरीले जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको छ। हावाहुरीका कारण शैक्षिक संस्था, सरकारी कार्यालय तथा सर्वसाधारणका घरहरूमा नोक्सानी भएको हो।
हावाहुरीले जिल्ला सदरमुकाम खलंगास्थित महेन्द्र माध्यमिक विद्यालयमा क्षति पुर्याएको छ। विद्यालयका प्रधानाध्यापकको कार्यकक्ष पूर्णरूपमा ध्वस्त भएको छ भने स्टाफ कक्षमा समेत क्षति पुगेको छ।

साथै, सीसीटीभी, कम्प्युटर, फर्निचर र प्रिन्टरलगायत सामग्रीमा पनि नोक्सानी भएको छ। त्यस्तै, अमरगढी नगरपालिका–३ स्थित वडा कार्यालयको छाना उडाएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
हावाहुरीकै कारण अमरगढी नगरपालिका–५ खलंगाका गंगा पालपालीको घरको छाना उड्नुका साथै विद्युत् मिटर बक्समा समेत क्षति पुगेको छ। यस्तै, जैसेरास्थित भुवनेश्वरी माध्यमिक विद्यालयको हल र छात्रा शौचालय पूर्णरूपमा क्षतिग्रस्त भएका छन्।
हावाहुरीका कारण जिल्लाका विभिन्न स्थानमा अन्य घरहरूको छाना उड्नुका साथै विद्युत् पोलहरू ढलेका छन्, जसले गर्दा केही स्थानमा विद्युत् आपूर्ति समेत प्रभावित भएको छ। स्थानीय प्रशासनले क्षतिको विवरण संकलन तथा राहत व्यवस्थापनको काम अघि बढाएको जनाएको छ।




प्रतिक्रिया