भोटेकोसी बाढीबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै


काठमाडौं, भदौ ११ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बिहिबार सर्वदलीय बैठक बस्दै छ ।

भोटेकोशी बाढीबाट भएको क्षति, खोजी, उद्धार, राहत तथा पुनःस्थापनालगायतका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको सो दलले जनाएको छ ।

बैठक बिहान ९ बजे राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।