आज थापा, कोइराला र खड्काबीच भेटवार्ता हुँदै


काठमाडौं, वैशाख २२ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आज निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा। शेखर कोइरालासँग भेट्दै छन् ।

काँग्रेस अन्तरिम विवादमा फसेको बेला नेता कोइरालासँग अहिले बिहान र निवर्तमान कार्यवाहक सभापति खड्कासँग बेलुकी भेट्न लागेका हुन् । कोइरालासँग बिहान १० बजे र खड्कासँग बेलुका ५ बजे भेटघाट हुने सम्भावना रहेको बताइएको छ । तर भेटको समय र स्थान भने औपचारिक रूपमा खुलाइएको छैन ।

पार्टीभित्रको शक्ति सन्तुलन र आगामी कार्यदिशाबारे साझा धारणा बनाउन सभापति थापाले यो सक्रियता देखाएका हुन् । यसअघि वैशाख ६ गते पनि थापाले गल्फुटारस्थित खड्काको निवास पुगेर उनीसँग संवाद गरेका थिए ।