काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले आज मन्त्रीसँग ‘पूर्व बजेट’ छलफल कार्यक्रम गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग पूर्वबजेट छलफल गर्ने भएको हो ।
छलफल अपराह्न चार बजे संसदीय दलको कार्यालय सिंहदरबारमा राखिएको छ ।
रास्वपाले आफ्ना सांसदहरुका लागि आर्थिक वर्ष २०८३–०८४ को बजेट तर्जुमा अगावै ‘पूर्व बजेट छलफल’ कार्यक्रम आयोजना गरेको हो । आगामी आर्थिक वर्षको बजेट निर्माणको पूर्वसन्ध्यामा आयोजना गरिएको यस कार्यक्रममा रास्वपाका सांसदहरूले देशको समग्र आर्थिक अवस्था, विकास निर्माण र भौतिक पूर्वाधारका विषयमा अर्थमन्त्री र भौतिक मन्त्रीलाई आफ्ना सुझावहरू दिनेछन्।




प्रतिक्रिया