अभिनेत्री दिपाश्री निरौलालाई ब्रेन ट्यूमर,अहिले कस्ताे छ अवस्था ?


काठमाडौं । अभिनेत्री दिपाश्री निरौलालाई ब्रेन ट्यूमर भएको छ । उनी अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत रहेकी पारिवारिक स्रोतले जानकारी दियो ।

मंगलबार उनको सफल शल्यक्रियासमेत भएको छ । शल्यक्रियापछि स्वास्थ्य सुधारोन्मुख रहेको स्रोतको भनाइ छ ।

करिब डेढ हप्ता अगाडि ढाड दुखाइको सिकायत लिएर दिपाश्री अस्पताल गएकी थिइन् । चिकित्सकले विस्तृत स्वास्थ्यपरिक्षण गर्दा ब्रेन ट्यूमर देखिएको हो ।