कांग्रेस संसदीय दलको बैठक सुरु


काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । बैठक केहीबेर अघि सिंहदरबारमा सुरु भएको हो ।

बैठकमा कांग्रेस सभापति गगनकुमार थापाले पार्टीका तर्फबाट सांसदहरूलाई प्रशिक्षण दिनेछन् । सभापति थापाले सदनमा विधायकले खेल्ने भूमिकाको विषयमा प्रशिक्षण दिने जनाइएको छ ।

साथै, सरकारले ल्याएका अध्यादेश र उचित व्यवस्थापनबिना सुकुमबासी बस्तीमा चलाइएको डोजरबारे पनि छलफल हुने र सङ्घीय संसदमा कसरी यी विषय उठाउने भन्नेबारेमा पनि बैठकमा छलफल हुने छ ।