प्रधानमन्त्रीले आफ्ना मान्छे ल्याउन जालझेल गर्दै अध्यादेश ल्याउनुभयो :गगन थापा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेनले आफ्ना मान्छे नियुक्तिका लागि जालझेल गर्दै अध्यादेश ल्याएकाे आरोप लगााएका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पार्टीका सांसदहरूलाई प्रशिक्षण दिएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सो कुरा बताएका हुन् । सभापति थापाले नेकपा एमालेका अध्यक्ष ओलीले सरकारको नेतृत्वा हुँदा आफ्ना मान्छे नियुक्तिका लागि गरेको जालझेलजस्तै प्रधानमन्त्री बालनेले पनि जालझेल गरेको बताए । ‘यो भन्दा अगाडिका प्रधानमन्त्रीले आफ्ना मान्छे नियुक्त गर्नका लागि पूरै जालझेल गर्नुभयो,’ उनले ओलीको नाम उल्लेख नगरी भने, ‘अहिलेका प्रधनमन्त्रीले पनि त्यही कुरा गर्नुभयो । जालझेल गर्दै हुनुहुन्छ ।’

सभापति थापाले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति पार्टीको असहमति रहेको पनि बताए । पार्टीका सांसदहरुले यस विषउमा संसदमा आवाज उठाउने पनि उनले जानकारी दिए ।

सभापति थापाले सरकारले संविधानको परिधि नाघ्न खोजेको र त्यो हुन नदिइने पनि बताए ।