काठमाडौं, वैशाख २८ । नेपाली कांग्रेसले आज कर्णाली प्रदेशको सुर्खेतमा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला गर्दैछ । सुर्खेतको वीरेन्द्रनगरस्थित शुभ होटलमा आयोजना हुने दुई दिने प्रदेशस्तरीय भेलाको पार्टी सभापति गगनकुमार थापाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भेलामा उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेल लगायत सहभागी हुनेछन् ।
कांग्रेसले यसअघि हिजो र अस्ति कैलालीको धनगढीमा प्रदेशस्तरीय भेला आयोजना गरेको कांग्रेसले आगामी वैशाख ३१ र जेठ १ गते पोखरामा गण्डकी प्रदेशस्तरीय भेला तथा जेठ ४ र ५ गेत काभ्रेपलाञ्चोकको धुलिखेलमा बागमती प्रदेशस्तरीय भेला आयोजना गर्ने तयारी रहेको छ ।
त्यसैगरी जेठ ६ र ७ महोत्तरीको बर्दिवासमा मधेश प्रदेशको भेला र जेठ ८ र ९ गते सुनसरीको लौकीमा कोशी प्रदेशको र जेठ १४ र १५ गते रुपन्देहीको तिलोत्तमामा लुम्बिनी प्रदेशस्तरीय भेलाको आयोजना गर्दैछ ।




प्रतिक्रिया