काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया सहजीकरणका लागि ‘एआई कल सेन्टर’ सञ्चालनमा ल्याएको छ ।
क्रियाशील सदस्यता अध्यावधिक अनलाइनमार्फत गर्न सकिने व्यवस्था गरेको कांग्रेसले थप सहजीकरणका लागि ‘एआई कल सेन्टर’ सञ्चालनमा ल्याएको हो ।
कांग्रेस क्रियाशील सदस्यहरूले ९७०१२५५५५५ मा सम्पर्क गरी ‘कांग्रेस एआई साथी’ सँग प्रत्यक्ष कुराकानी गर्न सक्ने क्रियाशील सदस्यता व्यवस्थापन समितिले जनाएको छ ।
‘कांग्रेस एआई साथी’ ले चौबिसै घण्टा सदस्यता अद्यावधिक प्रक्रियामा देखिने समस्या, जिज्ञासा र सुझावहरू सुन्ने र तत्काल संग्रहित गरेर आवश्यक समाधान गर्ने बताइएको छ ।




प्रतिक्रिया