‘बाढीपहिरो प्राकृतिक विपत्ति होइन, सनातन धर्ममाथि गरिएको अन्यायको परिणाम हो’: वैष्णव आनन्द ब्रह्मचारी


काठमाडौं । भावी शङ्कराचार्य वैष्णव आनन्द ब्रह्मचारीले नेपालमा पछिल्लो समय आएका बाढीपहिरोलगायतका घटनालाई प्राकृतिक विपत्ति मात्र नभई सनातन धर्ममाथि गरिएको अन्यायसँग जोडेर व्याख्या गरेका छन् ।

आज रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा गौमाता संरक्षण, प्रकृति विपत्ति, धर्म–संस्कृति संरक्षणलगायत विषयमा आफ्नो धारणा राख्दै उनले नेपाल भयानक चक्रव्यूहको संकटमा फसिरहेको दाबी गरे ।

नेपालमा पछिल्लो समय देखिएका बाढीपहिरोलगायतका घटनालाई सनातन धर्ममाथि गरिएको अन्यायको परिणामका रूपमा व्याख्या गर्दै उनले धर्म र संस्कृतिको संरक्षणमा जोड दिए ।

‘गौमाता केवल एउटा पशुचौपाया होइन, गौमाताको शरीरमा ३३ कोटि देवता हुन्छन्,’ उनले भने ।

ब्रह्मचारीले पुरानो पुस्ता मेहनती, आत्मनिर्भर र धर्मप्रति बफादार रहेको उल्लेख गर्दै अहिलेको पुस्ता परनिर्भर बन्दै गएको टिप्पणी गरे ।

‘हाम्रा हजुरबुबा–हजुरआमा आत्मनिर्भर हुनुहुन्थ्यो । मेहनत गर्नुहुन्थ्यो, धर्म मान्नुहुन्थ्यो,’ उनले भने, ‘अहिले चीन र भारतको सीमा बन्द भयो भने भोकभोकै मर्ने अवस्था छ ।’

उनले नेपालमा राजा जनकको जस्तो राज्य व्यवस्था निर्माण गर्नुपर्ने धारणा पनि राखे । ‘जनकको जस्तो राज्य नेपालमा बनाउनुपर्छ, रामको जस्तो राज्य होइन,’ उनले भने ।

Skip This