अध्यादेश सत्ता सहजताको साधन बन्न नहुनेमा राईको जोड


काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारले ल्याएको अध्यादेशका दफा–दफामा जवाफ खोज्ने बताएका छन् । उनले सरकारलाई हाइसञ्चो मानेर बस्न नदिने उल्लेख गरे।

प्रतिनिधिसभाको आजको बैठकमा धारणा राख्दै राईले सरकार सदनसँग डराएर अध्यादेशको बाटो हिँडेको आरोप लगाए।

अध्यादेश ल्याए पनि संसद्को भावना र आवश्यकताअनुसार ल्याउनुपर्नेमा उनले जोड दिए । अध्यादेश सत्ता सहजताको साधन बन्न नहुनेमा राईको जोड थियो।
संवैधानिक परिषदसम्बन्धी अध्यादेशले संविधानको मर्म र वादलाई कुनै कोणबाट पनि फाइदा नपुर्‍याएको उनले बताए।
साथै, उनले विकासको नाममा सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएर नागरिकलाई घरवारविहीन बनाएको पनि उल्लेख गरे ।