काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया सुरु भएको छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार दिउँसोदेखि प्रतिनिधिहरूको नाम दर्ता थालिएको हो।
प्रतिनिधिहरूको सहजताका लागि प्रत्येक प्रदेशका लागि छुट्टाछुट्टै दर्ता कक्षको व्यवस्था गरिएको छ। दर्तापछि प्रतिनिधिहरूलाई महाधिवेशनको झोला उपलब्ध गराइनेछ। झोलामा पार्टीको विधान, कापी, कलमलगायत सामग्री राखिएको छ।
कांग्रेस महाधिवेशनको उद्घाटन आइतबार काठमाडौंको खुलामञ्चमा हुँदैछ। असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ भने २१ र २२ गते महाधिवेशन प्रतिनिधिहरू निर्वाचन प्रक्रियामा सहभागी हुनेछन्।




प्रतिक्रिया