संघीय संसद् बैठकमा राष्ट्रपतिले सम्बोधन गर्ने


काठमाडौँ । संघीय संसद्को बजेट अधिवेशन आजदेखि शुरु भएको छ। आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठक बस्नेछ।

आजको कार्यसूचीमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। त्यसका लागि संघीय संसद्का सदस्यहरूलाई ३ः४५ भन्दा अगाडि नै संयुक्त सभाको बैठकका लागि सिंहदरबारस्थित प्रतिनिधिसभाको कक्षमा उपस्थित हुन आग्रह गरिएको छ।