सभामुख र उपसभामुखको अनुपस्थितिमा यी ७ जनाले गर्नेछन् सभा सञ्चालन


काठमाडौँ । प्रतिनिधिसभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्ने सदस्य मनोनीत भएका छन् ।

सभामुख डोलप्रसाद अर्यालले ७ जनालाई सभा सञ्चालन गर्ने सदस्यका रूपमा मनोनीत गरेको जानकारी दिए ।

सभामुख अर्यालका अनुसार कामिनी कुमारी, गंगालक्ष्मी अवाल, ताहिर अलि भाट, पूर्णप्रसाद लिम्बु, बलावती शर्मा, मिङमा ग्याबु शेर्पा र यज्ञबहादुर बोगटी समा सञ्चालन गर्ने सदस्य मनोनीत भएका हुन् ।