काठमाडौं । सरकारले जारी गरेका ८ वटा अध्यादेश प्रतिनिधि सभामा पेश गरिएका छन् ।
सभाको सोमवारको बैठकमा मन्त्रीहरुले अध्यादेश पेश गरेका हुन् । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पती शुद्धीकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३, पेश गरे । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पेश गरिन् ।
त्यसैगरी कानूनमन्त्री गौतमले प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३, र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३, गरी तीन वटा प्रतिस्थापन विधेयक सभामा पेश गरिन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३, स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ पेश गरे ।




प्रतिक्रिया