काठमाडौँ । सरकारले २०८३ देखि २०९२ लाई रोजगार प्रवर्द्धन दशक घोषणा गरेको छ ।
आउँदो वर्षको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बाध्यताको वैदेशिक रोजगारी अन्त्यका लागि रोजगार प्रवर्द्धन दशक घोषणा गर्दै विभिन्न कार्यक्रमहरू गरिने बताएका हुन् ।
साथै, सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र प्रतिफलमुखी बनाउने नीति लिएको छ । यसका लागि धेरै तलब दिने देशहरूसँग सम्झौता गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।




प्रतिक्रिया