सरकारले ठूला रेलमार्ग निर्माणलाई गति दिने


काठमाडौं । सरकारले ठूला रेलमार्ग निर्माण योजनालाई गति दिने भएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणलाई निरन्तरता दिइने उल्लेख छ ।

केरुङ–काठमाडौं तथा रक्सौल–काठमाडौं रेलमार्गको लगानी मोडालिटीलगायत विषयमा अध्ययन अगाडि बढाइने पनि उल्लेख छ । दिगो र प्रतिस्पर्धी यातायात प्रणाली विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।