छानबिन गरोस् भनेको खोई त कहिले गर्ने हो? अलि चाडो गर्नुपर्‍यो क्या : सुधन गुरुङ


काठमाडौं, वैशाख २८ । पूर्व गृहमन्त्री सुधन गुरुङले बिचौलिया दीपक भट्टसँग जोडिएको प्रकरणमा आफूमाथि छिटो छानबिन गर्न माग गरेका छन्।सोमबार संसद बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफूमाथि छिटो छानबिन हुनुपर्ने बताएका हुन्। ‘छानबिन गरोस् भनेको खोई त कहिले गर्ने हो? अलि चाडो गर्नुपर्‍यो क्या। छानबिन गर्नुपर्‍यो।’

उनले आफू दोषी भए कारबाही भइहाल्ने, निर्दोष भए अरूलाई कारबाही हुनुपर्ने बताए । उनले भने, ‘अब दोषी भए त मलाई कारबाही हुनुपर्‍यो। निर्दोष भयो भने चाहिँ फेरि अरुलाई कारबाही हुनुपर्यो नि। म गलत भए भने त गलत भइहालें नि। म गलत भएन भने चाहिँ सबैजनालाई कारबाही हुनुपर्छ है।’