रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, यस्ता छन छलफलका मुख्य एजेन्डा बजेट


काठमाडौं, वैशाख २९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी प्रवक्ता मनिष झाका अनुसार भोली बुधबार पार्टी मुख्यालय चःमतिमा बिहान ९ बजे बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाइएको हो । बैठकमा सबै सदस्यहरूलाई अनिवार्य उपस्थिति हुन निर्देशन जारी भएको छ ।

बैठकमा पार्टीको केन्द्रीय महाधिवेशन, सरकारका काम–कारबाही, संसद् अधिवेशनलगायतका विषयमा छलफल हुने बुझिएको छ। रास्वपाले भदौभित्र पहिलो महाधिवेशन तयारी गरिने बताएको छ।