आगामी बजेटका सिद्धान्त तथा प्राथमिकता बिहीबार सार्वजनिक हुने


काठमाडौं । आगामी बजेटको सिद्धान्त तथा प्राथमिकता बिहीबार बस्ने संसद बैठकमा पेश हुने भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज अर्थ समितिको बैठकमा यसबारे जानकारी गराएका हुन् । उनले सो सिद्धान्त तथा प्राथमिकतामा सांसदहरुले दिने सुझावलाई अर्थ मन्त्रालयले बजेटमा समावेश गर्ने समेत बताए ।

सरकारले ल्याएको नीति तथा कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीको बाचापत्रसँग धेरैजसो सम्बन्धित रहेको उनले बताए ।

ऐन अनुसार बजेट सार्वजनिक हुनु भन्दा १५ दिन अगाडि नै बजेटका सिद्धान्त तथा प्राथमिकता सार्वजनिक गर्नुपर्ने प्रावधान छ ।