नेपा जात्रा सिड्नी : अष्ट्रेलियाभर गुञ्जिँदै सांस्कृतिक उत्सव


काठमाडौँ, २९ चैत । अष्ट्रेलियामा नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको “नेपा जात्रा” अहिले देशव्यापी रूपमा चर्चामा रहेको छ। चर्चित कलाकारहरू “कुम सागर र उजन् शाक्यको” प्रस्तुति रहने यो कार्यक्रम ब्रिस्बेनबाट सुरु भई विभिन्न सहरहरू हुँदै सिड्नीमा आएर समापन हुने तयारीमा रहेको छ।

ब्रिस्बेनमा भव्य सुरुवात गरेको यस कार्यक्रमले एडिलेडमा “सोल्ड आउट” भएपछि झन् व्यापक चर्चा बटुलेको छ। त्यसपछि क्यानबेरा, मेलबर्न र होबार्ट हुँदै अब सिड्नीमा आयोजना हुन लागेको यस कार्यक्रमका हजारौँ टिकटहरू पहिल्यै बिक्री भइसकेको जानकारी प्राप्त भएको छ।

नेपाली कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले सञ्चालन गरिएको “नेपा जात्रा” ले अष्ट्रेलियाभर रहेका नेपाली समुदायलाई एकै ठाउँमा जोड्दै उत्साह र उमङ्ग फैलाइरहेको छ। संगीत, संस्कृति र समुदायको अद्भुत संगमका रूपमा यो कार्यक्रम स्थापित हुँदै गएको छ।

आगामी मे १६ तारिखका दिन “होर्ड्न पभेलियन “ मा आयोजना हुन लागेको “नेपा जात्रा सिड्नी” भव्य र सफल हुने आयोजकहरूको विश्वास रहेको छ। यो कार्यक्रम ” द पिक इभेन्ट्सले आयोजना गर्दै छन् ।