काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमा राखिने अस्वाभाविक अंकलाई सच्याइने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा अर्थ समितिको बैठकमा बोल्दै उनले अहिले सरकारले साढे १९ खर्ब माथिको बजेट विनियोजन गरेको भए पनि खर्च १६ खर्ब बराबर मात्र गर्न सक्ने अवस्था रहेको बताए।
बजेट निर्माणका क्रममा अस्वाभाविक अंक राख्ने विगतदेखिको प्रवृत्तिले यो अवस्था आएको उनले बताए । त्यसमा पनि पूँजीगत तर्फ २ खर्ब मात्र हाराहारी खर्च हुने गरेको भन्दै उनले यो खर्चले हामीले देखेका सपना पूरा नहुने उनले बताए । सोहीकारण अर्थतन्त्रको विकासमा निजी क्षेत्रको लगानी आवश्यक रहेको उनको भनाइ छ ।
चालु आवमा विनियोजन गरिएको बजेट खर्च बढाउन इमर्जेन्सी मोडमा काम गरिएको समेत उनले जानकारी दिए । असार मसान्तसम्म पूँजीगत खर्च अहिलेसम्मकै धेरै हुने उनको अनुमान छ ।




प्रतिक्रिया