प्रधानमन्त्री संसदीय मर्यादा विपरीत चलेको कांग्रेसको आरोप


काठमाडौं । सदनमा नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले नदिने भए बैठक बहिष्कार गर्ने नेपाली कांग्रेसले चेतावनी दिएको छ ।

प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका तर्फबाट बोल्दै अर्जुननरसिंह केसीले प्रधानमन्त्री जवाफ दिन नआए आफूहरूले गम्भीर रूपमा लिने बताए।

प्रधानमन्त्री संसदीय मर्यादा विपरीत चलेको कांग्रेस सांसद केसीले आरोप लगाएका छन् ।