कुलेखानी बाँध सुरक्षित, अवस्था सामान्य : ऊर्जामन्त्री श्रेष्ठ


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मकवानपुरस्थित कुलेखानी जलाशय तथा बाँधको निरीक्षण गरेका छन्।

असोज ८ देखि ११ गतेसम्मको भारी वर्षापछि बाँधको अवस्था बुझ्न शनिबार कुलेखानी पुगेका मन्त्री श्रेष्ठलाई नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरूले वस्तुस्थितिबारे जानकारी गराएका थिए।

निरीक्षणपछि मन्त्री श्रेष्ठले कुलेखानी बाँध सुरक्षित र अवस्था सामान्य रहेको बताए। जलाशयमा पर्याप्त पानी रहेकाले आगामी सुक्खा मौसममा विद्युत् आपूर्ति व्यवस्थापनमा सहज हुने उनको भनाइ छ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले कुलेखानी विद्युत् प्रणालीको महत्वपूर्ण आधार रहेको बताए।