कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरू पक्राउ


पर्सा, ३० वैशाख । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरू वीरगंज महानगरपालिका-२७ बस्ने ५० वर्षीया जगमती देवी कोईरी र ३२ वर्षीय जितेन्द्र प्रसाद कुशवाहालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका-२७ जसौली बस्ने ७० वर्षीय महिन्द्र महतो कोईरीको २०७६ साउन ३१ गते हत्या गरी फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू उपर ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।