बर्दिया, ३० वैशाख । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मधुबन नगरपालिका-६ गणतन्त्र टोल बस्ने २८ वर्षीय सुशिल सुनारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुशिलले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
रोल्पा, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनिलस्मृति गाउँपालिका-१ घोडागाउँ बस्ने ३६ वर्षीय राजु केसीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । राजुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
सोलुखुम्बु, २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा महाकुलुङ गाउँपालिका-५ गुदेल बस्ने ३२ वर्षीय रसान्त कुलुङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रसान्तले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।




प्रतिक्रिया