काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज पनि बस्दैछ । आज बस्ने बैठकमा ६ वटा कार्यसूची रहेका छन् ।
बिहान ११ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने पहिलो कार्यसूची छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते सोमबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को लागि नेपाल सरकारले तयार पारेको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
यसउपर बुधबार छलफल गर्ने कार्यसूची रहेको थियो । तर विपक्षी दलहरूले अवरोध गरेपछि छलफल अगााडि बढ्न सकेन ।
‘प्रधानमन्त्री वालेन्द्र शाहले सम्माननीय राष्ट्रपतिले २०८३ वैशाख २८ गते सोमबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आ.व. २०८३/०८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुने’ दोस्रो कार्यसूची आज पनि छ ।
तर, प्रधानमन्त्री शाह जवाफका लागि संसद्मा उपस्थित हुने वा नहुनेबारे संसद सचिवालय अनविज्ञ छ ।
प्रधानमन्त्रीले बुधबार आफ्नो सटा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई पठाएका थिए । विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थिति हुनैपर्ने अडान लिएपछि बैठक अगााडि बढ्न नसकेर दुई पटक सभामुखले स्थगित गर्नुपर्यो । आज पनि प्रधानमन्त्रीको उपस्थिति नभए अवरोध गर्ने विपक्षी दलको तयारी छ ।
यस्तै तेस्रो कार्यसूचीमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने रहेको छ ।
सभामुखले नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने चौथो कार्यसूची छ ।
पाँचौं कार्यसूचीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस गर्ने रहेको छ ।
जस अन्तर्गत भनिएको छ, ‘अर्थमन्त्री डा।. स्वर्णिम वाग्लेले “आ।व। २०८३र०८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्ताव बाहेक० माथि छलफल गरियोस्“ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।’
छैठौं कार्यसूचीमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने विषय रहेको छ ।




प्रतिक्रिया