प्रधानमन्त्री बालेनलाई योगेशको आरोप: संवैधानिक दायित्वबाट भाग्न खोजे


काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री बालेन शाह आफ्नो संवैधानिक र संसदीय दायित्वबाट भाग्न खोजेको आरोप लगााएका छन्।

आज(बिहीबार)सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले यस्तो आरोप लगााएका हुन्।

संसदले नै प्रधानमन्त्री चुन्ने व्यवस्थाका कारण संविधानमा प्रधानमन्त्री संसद र जनताप्रति समान रूपमा उत्तरदायी हुनुपर्ने उनले बताए । उनले लेखेका छन् ‘संसदीय लोकतन्त्रको अभ्यास गरिरहेका मुलुकहरूमा जनप्रतिनिधि थलो संसदको गरिमा र महत्व उच्च रहेको हुन्छ । संसदले नै प्रधानमन्त्री चुन्ने व्यवस्थाका कारण संविधानमा प्रधानमन्त्री संसद र जनताप्रति समान रूपमा उत्तरदायी हुने प्रबन्ध गरिएको हो ।’

प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुलाई आफ़नो कर्तब्य र दायित्वका रूपमा बुझ्नुपर्ने उनकाे भनाइ छ । ‘प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनु भनेको संसदमा भाग लिने, छलफलमा उठेका सवाललाई स्पष्ट पार्ने, संसदको निर्णय र निर्देशन पालना गर्ने गराउने कुरा हो र यसलाई प्रधानमन्त्रीले आफ़नो कर्तब्य र दायित्वका रूपमा बुझनु पर्दछ,’ उनले भने ‘तर हाम्रा प्रधानमन्त्री यो संवैधानिक तथा पदीय दायित्वबाट किन भाग्न खोजिरहनु भएको छ ?’

यस्तो छ उनको भनाइ :