काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानान्त्री बालेन शाह संसदमा उपस्थित नभएपछि फेरि पनि सुकुमवासी बस्तीमा डोजर लगाउने तयारी गर्दै हो ? भन्दै प्रश्न गरेका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री शाहले पटक पटक संसद्को उपेक्षा गरेकोप्रति गम्भीर चासो र चिन्ता रहेको बताए ।
नेपालको संविधानको धारा ७४ ले नेपालको शासकीय स्वरूपका बारेमा व्यवस्था गरेको भन्दै त्यसमा बहुदलीय प्रतिस्पर्धात्मक सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था हुने उल्लेख रहेको बताए ।
‘यो सरकारले कुन शासन प्रणालीलाई अवलम्बन गरिरहेको छ ? संविधानमा व्यवस्था भएको बमोजिमको शासन प्रणालीको अवलम्बन गरेको हो कि ? अरू कुनै तन्त्र विकास गरिरहेको हो ?’ महर भने ‘बजारमा एउटा कुरा छ कि प्रधानमन्त्रीले लोकतन्त्रलाई भन्दा पनि बालेन तन्त्रको विकास गर्न खाेजिरहेकाे हाे ? भन्ने आम जनताको जिज्ञासा रहेको छ ।’
‘यो सरकार संसद्प्रति उत्तरदायी र जबाफदेही बन्नुपर्छ । त्यो बन्ने बेला भनेको नीति तथा कार्यक्रममा हो । जनताका प्रश्न सरकारले सुन्नुपर्छ । हामी यहाँ प्रधानमन्त्रीको अनुहार हेर्न होइन, कानुनसम्मत माग गरेका छौँ’, महरले नियमावली भन्दा पनि कुरा नियतको भएको बताए ।




प्रतिक्रिया