‘ऐलानी सैलानी जान्दैनौँ,पुर्जा नभएको ठाटी हो’ भन्दै सुकुमबासीकाे प्रदर्शन


काठमाडौँ । देशका विभिन्न स्थानका सुकुमवासी बस्तीमा सरकारले चलाइरहेको डोजरको विरोध गर्दै माइतीघरमा प्रदर्शन गरेका छन्।

अखिल नेपाल सुकुमबासी सङ्घ र संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाले बिहिबार सुकुमबासी बस्तीहरूमाथि राज्यले दमन गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन्।

उनीहरू ”ऐलानी सैलानी जान्दैनौँ,पुर्जा नभएको ठाटी हो,बिकासको नाममा उठीबास बन्द गर,डोजर होइन न्याय देउ” जस्ता विभिन्न नाराहरु लेखिएकाे प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।