ओलीले बाेलाए एमाले सचिवालय बैठक


काठमाडौं । नेकपा(एमाले)को सचिवालय बैठक शनिबार बस्ने भएको छ।

शनिबार दिउँसो साढे १२ बजेका लागि अध्यक्ष केपी शर्मा ओलीले बैठक आह्वान गरेका हुन् । बैठक बस्ने स्थान भने टुंगिन बाँकी रहेको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्न बैठक आह्वान गरिएको एक नेताले जानकारी दिए ।