प्रचण्ड र बाबुराम विरुद्धको रिट निसुमा


काठमाडौँ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा.बाबुराम भट्टराईमाथि ‘युद्ध अपराध’को आरोप लगाउँदै दायर रिटमा निर्णय सुनाउन (निसु) मा राखिएको छ ।

सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू सुनीलकुमार पोखरेल र शान्तिसिंह थापाको पूर्ण इजलासमा पेसी तोकिएको हो ।

तत्कालीन माओवादीका पूर्वबालसेना लेनिन विष्टसहित ९ जनाले ०८० जेठ २८ गते दुई पूर्वप्रधानमन्त्रीलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए । उक्त रिटलाई २०८१ फागुन २५ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले पूर्ण इजलासमा पेस गर्न आदेश दिएको थियो ।