त्रिविको निमित्त उपकुलपतिको जिम्मेवारी प्राडा. बज्राचार्यलाई


काठमाडौं । त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्राडा. सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ ।

अध्यादेशबाट विश्वविद्यालयको उपकुलपतिसहित सबै पदाधिकारी पदमुक्त भएपछि प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाहले बज्राचार्यलाई जिम्मेवारी दिएका हुन् ।

विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिस समिति गठन भई आवेदन माग भइसकेको छ । उपकुलपतिको लागि आवेदन दिन १० दिनको समय दिइएको छ ।