प्रधानमन्त्री नियम कानुनभन्दा बाहिर जान हुँदैन : गगन थापा

File Photo

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार सही ढङ्गले चल्नुपर्ने बताएका छन् । गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री नियम कानुनभन्दा बाहिर जान नसक्ने बताए।

रास्वपाले ५ वर्ष सरकार चलाउने अवसर पाएकोले सही ढङ्गले चलाउन सुझाव दिए । ‘रास्वपाले ५ वर्ष सरकार चलाउने अवसर पाएको छ, चलाओस्, तर सरकार सही ढङ्गले चल्नुपर्छ। संविधानलाई तलमाथि हुन नदिने तागत राख्नुपर्छ,’ थापाले भने ‘मैले निर्वाचन अघि पनि भनेको थिए, कांग्रेसले सरकार चलाउने मौका पायो भने बेगले गाडी चलाउँछौँ भनेर, सुशासन ल्याउनको लागि हिजोको स्पिडले हुँदैन।’

सभापति थापाले सरकारको राम्रो कामको समर्थन गर्नुपर्ने समेत बताए ।