काठमाडौ, १ जेठ । सङ्घीय संसद्अन्तर्गत आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ । अहिले बिहान ११ः०० बजे समितिको सभा हलमा बस्ने बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयको परिचयसहित हालसम्म सम्पादित कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजनाका सन्दर्भमा विस्तृत छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।




प्रतिक्रिया