काठमाडौं, जेठ १ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले राष्ट्रिय अनुसन्धान विभागलाई पुनः प्रधानमन्त्री कार्यालय मातहत ल्याउने निर्णय गरेका छन्।यसअघि गृह मन्त्रालय मातहत रहेको उक्त विभागलाई मन्त्रालयको कार्यविभाजन प्रक्रियाअन्तर्गत प्रधानमन्त्री कार्यालयमा सारिएको हो।
यसअघि पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएका थिए। उनले राष्ट्रिय अनुसन्धान विभागसँगै सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभागलाई पनि प्रधानमन्त्री कार्यालयमा ल्याएर प्रधानमन्त्रीलाई थप शक्तिशाली बनाउने कदम चालेका थिए, जसको त्यतिबेला व्यापक आलोचना भएको थियो।
पछि प्रधानमन्त्री सुशीला कार्कीको कार्यकालमा यी निकायहरू पुनः सम्बन्धित मन्त्रालयहरूमा फर्काइएका थिए । राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालयमा, तथा सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान विभाग अर्थ मन्त्रालयमा लगिएपनि हाल बालेनले राष्ट्रिय अनुसन्धान विभागलाई पुनः प्रधानमन्त्री कार्यालयमा ल्याएका छन्।
उनी सम्पत्ति शुद्धीकरण विभागलाई पनि प्रधानमन्त्री कार्यालयमा ल्याउने प्रयासमा रहेको बताइए पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अडानका कारण त्यो निर्णय भने सफल हुन सकेको छैन।




प्रतिक्रिया