नागढुङ्गा–मुग्लिङ सडक खण्डको स्थलगत अनुगमनमा मन्त्री लम्साल


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले नागढुङ्गा–मुग्लिङ सडक खण्डको स्थलगत अनुगमन गरेका छन्।

यस सडक खण्डको निर्माण कार्यमा देखिएका विभिन्न व्यवधान र ढिलाइबारे प्रत्यक्ष जानकारी लिन मन्त्री लम्साल निरीक्षणमा निस्किएका हुन्।

पश्चिम एसियामा बढ्दै गएको द्वन्द्वका कारण बिटुमिन तथा अन्य पेट्रोलियम पदार्थको आयातमा समस्या देखिएपछि यसको प्रत्यक्ष असर नागढुङ्गा–मुग्लिङ सडकको निर्माण कार्यमा परेको छ।

निर्माण व्यवसायीहरूको गुनासो र आयोजनाहरूमा देखिएको सुस्ततालाई गम्भीरतापूर्वक लिँदै मन्त्री लम्सालले समस्या समाधानका लागि स्वयं अनुगमनमा सक्रियता देखाएका हुन्। मन्त्रीले अनुगमनका क्रममा निर्माण कार्यलाई गति दिन आइपरेका चुनौती र तिनको निराकरणका उपायबारे सरोकारवालासँग छलफल समेत गरेका छन्।