सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना


काठमाडौं, जेठ १ । निजामती कर्मचारी (सिभिल) अस्पतालले अस्पतालमा भर्ना भइ उपचाररत रहेका अन्तरङ्ग सेवाका बिरामीलाई शुक्रबारदेखि नि:शुल्क खाना दिने भएको छ।

अस्पतालले सूचना निकालेर शुक्रबार (२०८३ जेठ १) देखि अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना दिने व्यवस्था गरेको जनाएको हो ।