काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले गगन थापा सिंगो कांग्रेसको सभापति बन्न नसकेको आरोप लगााएक छन् ।
पूर्वसभापति शेरबहादुर देउवा समूहको कर्णाली प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै पार्टी विभाजनको डिलमा रहेको ब्रिफिङ गरेका हुन् । उनले आफू पार्टी विभाजनको बाटोमा जान नहुने पक्षमा रहेको बताए।
‘म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु, विगतमा गिरिजाबाबुकै कारणले पार्टी फुट्यो, पछि मिलाएको पनि उहाँले नै हो। यो कुरा मैले गगन र विश्वजी भेट्न आउँदा भनेको छु। पार्टी फुटको डिलमा छ मिलाउने कि फुटाउने तपाईँहरूको जिम्मा छ भनेर,’ उनले भने ।
उनले सभापति गगन थापालाई सबै नेताहरूलाई सानेपा आउनसक्ने वातावरण बनाउनका लागि अनुरोध समेत गरेका छन् ।




प्रतिक्रिया