कङ्गोमा नयाँ इबोलाको प्रकोपः ८० जनाको मृत्यु


काठमाडौं । गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा नयाँ इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या ८० पुगेको छ । कङ्गोको स्वास्थ्य मन्त्रालयका अनुसार विशेष प्रयोगशाला गरिएका परीक्षणहरूमा इबोला भाइरसका आठवटा प्रारम्भिक घटनाहरू पुष्टि भएको छ ।
कंगोका स्वास्थ्य अधिकारीहरूले अहिले शंकास्पद २४६ वटा केसहरुमा निगरानी भइरहेको छ ।

यसैबीच, विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले यसलाई विश्वव्यापी स्वास्थ्य संकटकालको संज्ञा दिएको छ । तर डब्लुएचओले यो अवस्था अझै महामारीको श्रेणीमा भने नपर्ने प्रस्ट पारेको छ ।