काठमाडौं । संवैधानिक परिषदले आफूभन्दा जुनिएर डा. मनोज कुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेपछि न्यायाधीश सपना प्रधान मल्ल असन्तुष्ट थिइन् ।
मंगलबार प्रधानन्यायाधीशमा डा. मनोज कुमार शर्माको नियुक्ति भ्रइसकेको छ । शर्माको नियुक्तिसँगै सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल भने २० दिन बिदा बसेकी छन् ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले मल्ल २० दिन बिदामा बसेको जानकारी दिए ।
यसअघिका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदले अवकाश भएपछि बरिष्ठतम न्यायाधीश मल्लले २०८२ चैत १८ गतेदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।




प्रतिक्रिया