काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ ।
बिहान ११ बजे सुरु हुने बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले विभिन्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
मन्त्री गौतमले आज प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ू प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ू प्रस्तुत गर्ने, मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ू प्रस्तुत गर्न अनुमती माग्ने प्रस्ताव प्रस्तुत गर्ने र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ू प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
मंलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)मा छलफल भएको थियो भने छलफलमा उठेका जिज्ञासामाथि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफसमेत दिएका थिए ।
उक्त प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो ।
गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।




प्रतिक्रिया