काठमाडौं, जेठ ६ । सर्वोच्च अदालतकी न्यायाधीश सपनाप्रधान मल्ल बिदा बसेकी छन् । प्रधानन्यायाधीशमा ड. मनोजकुमार शर्माको नियुक्तिसँगै मल्ल बिदा बसेकी हुन् । मल्ल २० दिन बिदामा बसेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए ।
यसअघिका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदले अवकाश भएपछि वरिष्ठतम न्यायाधीश मल्लले २०८२ चैत १८ गतेदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।
तर संवैधानिक परिषदले डा. शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेपछि उनी असन्तुष्ट थिइन् । संवैधानिक परिषद्बाट सिफारिस भएको १२ औं दिन मंगलबार मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा नियुक्त भएका छन् । ‘फास्ट ट्र्याक’ को संसदीय सुनुवाइबाट अनुमोदन हुनासाथ नियुक्ति पाएका उनले शपथग्रहण पनि गरिसकेका छन् । ३३ प्रधानन्यायाधीशका रूपमा शर्माले मंगलबार नै जिम्मेवारी पनि सम्हालेका छन् ।




प्रतिक्रिया