काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोललाई ७९औँ कान्स फिल्म फेस्टिभलको रेड कार्पेट समारोहअघि मंगलबार साँझ कान्सका मेयर डेभिड लिसनार्डले सिटी हलमा स्वागत गरेका छन् ।
होटल डे भिल्लेमा भएको द्विपक्षीय भेटवार्ताले चलचित्रका लागि युनेस्कोद्वारा मान्यता प्राप्त दुई ‘क्रियटिभ सिटी’बीचको सम्बन्धलाई थप अर्थपूर्ण बनाएको बताइएको छ ।
काठमाडौं महानगरपालिकाले मेयर लिसनार्ड र कान्स सहरप्रति आतिथ्य र सहकार्यका लागि आभार व्यक्त गर्दै यहाँबाट सुरु भएका संवादलाई आगामी दिनमा पनि निरन्तरता दिने अपेक्षा गरेको जनाएको छ ।




प्रतिक्रिया