प्रतिनिधिसभामा आज पनि श्रम संस्कृति पार्टीको विरोध


काठमाडौं । प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीका सांसदहरुले आज पनि विरोध जनाएका छन्।
सदनको बैठक शुरु हुनासाथ अध्यक्ष हर्क साम्पाङसहित सो दलका अरु सांसदहरु पनि उठेर विरोध जनाएका हुन्। उनीहरुले प्रधानमन्त्री र मन्त्रीहरु सदनप्रति जिम्मेवार नभएको भन्दै विरोध जनाएका हुन् ।