खानेपानीमा लगाइएको कर छुटको माग गर्दै प्रदर्शन


काठमाडौं । खानेपानीमा लगाइएको कर र विद्युत महसुल छुटको माग गर्दै बबरमहलमा प्रदर्शन गरेका छन् ।

बुधबार बिहान खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन)को आयोजनामा प्रदर्शन भएको हो । उनीहरुले प्रदर्शन गर्नुको साथै सरकारलाई ध्यानाकर्षण गराइएको छ ।

उपभोक्ताहरुले सन् २०३० भित्र खानेपानीको सुनिश्चितता गर्न, साना खानेपानीलाई एकीकरण गरी बृहत आयोजना संचालन गराउन, उपभोक्ताहरुको अधिकार सुनिश्चित गर्न, खोला, कुला र पोखरीक संरक्षण गर्न र वृक्षारोपण गर्न पनि ध्यानाकर्षण गराएका छन् ।