काठमाडौं, जेठ ६ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार सदन र जनताको प्रश्नबाट भागेको भन्दै आपत्ति जनाएका छन् ।बुधबारको प्रतिनिधिसभा बैठकमा उनले आफूहरुले जनताको प्रश्न राख्न खोज्दा सम्बन्धित मन्त्रीहरु सदनमा सहभागी नभएको भन्दै प्रश्नको उत्तर दिने कर्तव्यबाट सरकार भागेको बताएका हुन् ।
उनले भने, ‘हामीले हाम्रो व्यक्तिगत प्रश्न नभएर सरकारको प्रश्न सरकारका सम्बन्धित मन्त्रालयलाई सोध्न चाहेका छौं । सीमा नाकादेखि लिएर महंगी नियन्त्रण तथा सहकारी पीडितलाई फिर्ता गर्दै गरेको रकमको श्रोत के हो ?कहाँबाट फिर्ता गदैै छौं भन्ने कुरामा हामीले थुप्रै्र प्रश्न राख्न खोजेको छौं । तर सम्बन्धित मन्त्रीहरु सदनमा आउँदै नआउने ।जनताको प्रश्न सोध्ने सदनमा सरकारको प्रतिनिधि नआउनु त्यसले के जनाउँछ ? प्रश्नको उत्तर दिने उहाँहरुको कर्तव्य हो । त्यो कर्तव्यबाट सरकार भागेको छ ।’




प्रतिक्रिया