काठमाडौँ, ७ जेठ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बुधबार बाँडफाँट गरिएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आयोजित कार्यक्रममा गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको हो ।
कम्पनीले सर्वसाधारणका लागि कुल २५ लाख १५ हजार ४५५ कित्ता शेयर बिक्री खुला गरेको थियो । उक्त आईपीओमा लगानीकर्ताको आकर्षण उच्च देखिएको छ । बिक्री खुला अवधिभर २९ लाख ४८ हजारभन्दा बढी आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ ।
मागभन्दा धेरै आवेदन परेपछि न्यूनतम १० कित्ताका आधारमा गोलाप्रथा गरिएको हो । त्यसअनुसार २ लाख ५१ हजार ५४५ जना आवेदकले १०–१० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । बाँकी रहेको ५ कित्ता थप गरी ५ जना लगानीकर्ताले ११–११ कित्ता शेयर पाएका छन् ।
उच्च आवेदनका कारण ठूलो संख्यामा लगानीकर्ता भने शेयर पाउनबाट वञ्चित भएका छन् । पछिल्लो समय जलविद्युत् कम्पनीहरूको आईपीओमा सर्वसाधारणको आकर्षण बढिरहेका बेला टक्सार पिखुवा खोलाको आईपीओमा पनि उत्साहजनक सहभागिता देखिएको विश्लेषण गरिएको छ ।




प्रतिक्रिया