काठमाडौं । रास्वपाकी सांसद रचना खतिवडाले संसद भवन अगाडि जेनजी शहीदहरुको सालिक निर्माण गर्न माग गरेकी छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यथाशीघ्र सालिक निर्माण गरेर न्याय दिन माग गरेकी हुन् ।
‘संसद भवन अगाडी शहीदको सालिक निर्माण यथीघ्र गरियोस’, उनले भनिन्, ‘सम्मान मात्रै होइन व्यवहारिक रुपमा पनि न्याया दिइयोस ।’
उनले आफ्नै सरकारलाई प्रश्न गर्न पाउने कि नपाउने भन्दै प्रश्न समेत गरिन् । ‘सरकारलाई के प्रश्न सोध्न नपाउने हो ? डाडु पन्यू तेरो हातमा हुन्छ । सरकार तेरो हातमा छ भनेर रोइलो चलिराखेको छ । कसलाई सोधेको ? कसलाई सुनाएको हो भनिन्छ’, उनले भनिन्, ‘यदि सरकार हाम्रो छ भने मैले प्रश्न सोध्न पाउने कि नपाउने ?




प्रतिक्रिया